Saturday, March 12, 2016

शिक्षक पदमा ६ सय ११ जना लागि दरखास्त आवेदन माग

काठमाडौं,फागुन ३० । शिक्षा सेवा आयोगले पाँचवटै विकास क्षेत्रका माध्यमिक विद्यालयका लागि ६ सय जना भन्दा बढी शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। पाँच वटै विकास क्षेत्रका माध्यमिक विद्यालयका लागि ६ सय ११ जना शिक्षकका लागि दरखास्त आवेदन माग गरिएको हो। आवेदन आगामी चैत २९ गतेसम्म दिन सकिनेछ भने दोब्बर शुल्क तिरेर २०७३ वैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ र असार ४ गते लिखित परिक्षा हुनेछ।

आयोगको शनिबार बसेको बैठकले नयाँ शिक्षकका लागि आवेदन खुलाउने निर्णय गरेको हो । विभन्न १४ वटा विषयका लागि आयोगले शिक्षक माग गरेको हो । आयोगले मुलुकभरका सामुदायिक बिद्यालयहरुमा बिक्रम संवत् २०६३ बैशाख १० गतेयता बाट रिक्त रहेका माध्यामिक शिक्षकहरुको पदपूर्तिका लागि आवेदन खोलेको जानकारी दिएको छ ।

आयोगले शनिबार जारी गरेको बिज्ञप्ति अनुसार नेपाली बिषयका लागि १०७ जना, अंग्रेजीका लागि १२८ जना, गणितका लागि ८८ जना, बिज्ञानका लागि १५० जना, सामाजिक शिक्षाका लागि ९३ जना, स्वास्थ्य जनसङ्ख्याका लागि ७ जना, अर्थसास्त्रका लागि ६ जना, लेखाका लागि २० जनाका लागि दरखास्त आहृवान गरिएको छ ।
त्यस्तै कम्युटर शिक्षामा ३, शिक्षा र संस्कृत भाषामा २र२, संस्कृत साहित्यमा ३, बेद र कृषि शिक्षामा १र१ जना माग भएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts