Saturday, March 12, 2016

मधेसी मोर्चाका नेताहरु फेरि दिल्ली गए

काठमाडौं,फागुन ३० । मधेस आन्दोलन चर्काएर केहि समय चर्चामा आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु फेरि भारतको राजधानी नयाँदिल्ली गएका छन्। यसअघि पनि भारतको आडमा आन्दोलन चर्काएर पटक पटक दिल्ली गएको मोर्चाका नेताहरु आज दिल्ली उडेका हुन् ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुर, संघीय फोरम लोकतान्त्रिकका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका सह अध्यक्ष हृदयेश त्रिपाठी लगायतका नेताहरु नेपाल एयरलाइन्सको उडानबाट आइतबार विहान त्यसतर्फ गएका हुन् । नेपाल भारत महिला मैत्री समाजको कार्यक्रममा उनीहरु त्यसतर्फ गएका हुन् । सद्भावना अध्यक्ष राजेन्द्र महतो भने दिल्ली गएका छैनन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts