Sunday, January 10, 2016

एथ्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

एजेन्सी,पुष २७ । बार्सिलोनालाई पछि पार्दै एथ्लेटिको मड्रिड एथ्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेल्टा डी भिगोलाई २–० ले हराँउदै एथ्लेटिको मड्रिड फेरि शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोल रहित बराबरी भएपनि ४९ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले एथ्लेटिकोका लागि पहिलो गोल गरे ।

८० औं मिनेटमा यानिक फरेरा करास्कोले गोल गरेपछि एथ्लेटिको मड्रिड २–० ले विजयी भयो । जितपछि बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको एथ्लेटिकोको १९ खेलबाट ४४ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोना ४२ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल मड्रिडको १९ खेलबाट ४० अंक छ । १९ खेलबाट ३१ अंक जोडेको सेल्टा डी भिगो पाँचौं स्थानमा छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts