Sunday, January 10, 2016

आज २९४ औँ पृथ्वी जयन्ती,विविध कार्यक्रम गरि मनाईदै

काठमाडौं,पुष २७ । आज पुस २७ गते, २९४ औँ पृथ्वी जयन्ती, उनको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ। लोकतन्त्रको स्थापनापछि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडेपनि नागरिकस्तरमा भने यो दिवस मनाईने गरिएको छ । यस वर्ष पनि बिभिन्न समूहको आयोजनामा पृथ्वी जयन्ती मनाईंदैछ ।

र्याली, झाँकी, सभा र माल्यार्पण सहित दिनभरी नै बिभिन्न कार्यक्रमको तयारी छ । पृथ्वीजयन्ती समारोह नागरिक समितिले यस वर्ष पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण सहित बिभिन्न कार्यक्रम गर्दैछ । नेपाल एकीकरणमा मुख्य भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको योगदानलाई भुल्न नहुने समितिको भनाई छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts