काठमाडौं, पुष २७। नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको आगामि १३ औं महाधिवेशनमा आफ्नो उम्मेदवारी सिंगो पार्टीको महाधिवेशन भएको भन्दै त्यसमा बर्तमान पार्टी सभापति सुशील कोइरालाको समेत समर्थन रहेको दावी गरेका छन । मुलुकको समस्या समाधानकोलागि मेरो निष्ठा,योगदान, आवश्यकता र पार्टीलाई जिवन्त बनाउन मलाई सभापति बन्नु पर्छ भनेर देशै भरीको साथीहरुले भनेका छन । म अहिले छलफलमा छु, केही दिनभित्रै मेरो उम्मेदवारी स्पष्ट हुन्छ । मेरो उम्मेदवारी पार्टीको आवश्यकता हो ।
यसमा बर्तमान सभापति सुशील कोइरालाको समर्थन हुन्छ ।’ नेपाल भारतसहितको तेस्रो विश्वमा विरासतको राजनीतिको महत्व भएकोले त्यसलाई बेवस्ता गरेर पार्टीको प्रगति सम्भव नदेखेको बताए पनि पौडेलले भारतमा गान्धी परिवार रहे पनि प्रधानमन्त्री र पार्टी सभापति अरु ब्यक्ति पनि बनेको उदाहरण प्रस्तुत गर्दै त्यसबाट पार्टीमा आलोपालो हुन्छ भन्ने सिक्न आग्रह गरेका हरेक पलमा समाचार छ । उनले भने,‘ गिरिजाबाबुले पनि उनलाई प्रस्ताव गर्दा किसुनजी हुनु हुन्छ भनेर छाड्नु भएको थियो । पार्टीमा यो परम्परा बीपी कोइरालाले सुरु गरेका हुन । यसलाई सबै स्मरण गर्नु पर्छ ।’ सञ्चारकर्मीले तपाईलाई प्रधानमन्त्रीको लागि प्रतिबद्धता ब्यक्त गरेर सुशील कोइराला नै सभापतिको उम्मेदवार बन्ने सम्भावनाको विषयमा सोधेको प्रश्नमा पौडेलले अहिले ब्यक्तिको भन्दा पनि नेपाली काग्रेसको समग्र ब्यवस्थापनको कुरा भएको दावी गर्दै भने,‘मलाई चित्त बुझाएर मात्रै हुँदैन । भागबण्डाको अन्त्य गरेर पार्टीमा मुल्याङकनको पद्धतिको विकास गर्नु पर्छ ।’
प्रधानमन्त्रीको निर्वाचन जस्तै ढिला उम्मेवारी घोषणा गर्दा कतै सभापति पनि फुत्किने हो कि भन्ने जिज्ञासामा पौडेलले ‘समयमा डिसिजन गर्न नसक्दा अप्ठ्यारो पर्न सक्ने’ भन्दै चिन्ता ब्यक्त गरे । संघीयता अनुसार संगठन विस्तार गर्न विद्यानमै ब्यवस्था हुनु पर्ने भएकोले विद्यान संसोधनको आवश्यकता औल्याउँदै पौडेलले २००७ सालमा आएको संविधानको कुरा अहिले आएर साकार भएकोले अबको परिवर्तनको नेतृत्व पनि काग्रेसले लिनु पर्ने बताए । उनले भने,‘अरुले गरेको नेतृत्वले मुलुकलाई सहि ठाँउमा पुर्याउँदैन ।’ पौडेलले बर्तमान सरकार प्रति आफ्नो धेरै टिप्पणी नभएको भन्दै काग्रेसलाई अहिले सरकारको हतारो नभएको स्पष्ट पारे ।
उनले भने,‘ भर्खरै सरकार बनेको छ, एक सय दिन पनि नपुगी अहिले आलोचन गर्ने पक्षमा छुईन । हामी वाच गर्ने र बार्निङ्ग दिने काम गरिरहेका छौ । सरकारले गल्ती करेक्सन नरे आफैलाई समस्या पर्न सक्छ । सरकारको सुरुवाती काम राम्रो देखिएको छैन । भारतसँगको समस्या समाधान गर्न कुटनीतिक सक्रियता देखाउन सकेन ।’ मुलुकको अवस्थाप्रति संबेदनशिल भएर नै मुलुकको समस्या समाधान गर्दै आपूर्ति सहज बनाएर जनजीवन सामान्य बनाउन लागि परेको भन्दै सोही प्रयास स्वरु काग्रेस नेतृत्वको सरकारले नै दुई विषयमा संविधान संसोधन प्रस्ताव ल्याएको दावी गरे ।
पौडेलले भने संविधान संसोधन पछि सबै कुरा संसोधन हुने भन्दै अर्को आन्दोलन नहुने गरी सीमांकन टुङग्याउन राजनीतिक समिति गठनको प्रस्ताव गरेको बताए । उनले भने,‘ बार्ता भईरहेको छ । कार्यदलललाई हामीले सहमतिको आउटलाईन दिएर पठाएका छौ समस्या अब धेरै लम्बिदैन । हामी सहमतिको नजिक छौ ।’पौडेलले सीमांकनमा मधेसी दलहरुमै अलग अलग धारणा भएकोले त्यस्तो विविधताको विचबाट कसरी सहमति जुटाउने भन्नेमा आफूहरुले लागिपरेको दावी गरे ।
No comments:
Post a Comment