Monday, January 11, 2016

नाकाबन्दीका नाममा सरकारले नै समानान्तर कालोबजारी गर्‍यो: राणा

भक्तपुर,पुष २७ । नेपाल तरुण दलका अध्यक्ष एवं सभासद् उदय शमशेर जबराले नाकाबन्दीका नाममा सरकारले समानान्तर कालोबजारी सञ्चालन गरेको आरोप लगाएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै सभासद् जबराले नाकाबन्दीका नाममा सरकारले नै समानान्तर कालोबजारी सञ्चालन गरेर नेपालीलाई दुःख दिएको आरोप लगाएका हुन्।

नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा प्रमुख पदाधिकारीमा युवा पुस्ताको आगमन नहुने भन्दै पुरानै मुहार हाबी भएता पनि अघिल्लै महाधिबेशनमा गरेको प्रतिबद्धता अनुसार कोइराला सभापति नहुने उनले बताए। नेपाली काँग्रेसको आसन्न महाधिबेशन सम्पन्न नभए सम्म सरकार ढाल्ने र निर्माण गर्ने खेलमा पार्टी नलाग्ने भन्दै उनले भन्नु भयो त्यस पछि नेपाली काँग्रेसले पनि सरकार परिवर्तनमा नयाँ सोचका साथ लाग्ने उनको दाबी थियो।

उनले नेपाली राजनीतिमा गरिएको भद्र सहमतिबारे काँग्रेसका कुनै पनि भातृ संगठन र केन्द्रिय समितिलाई समेत जानकारी नभएको भन्दै कोइरालाले जसरी प्रधानमन्त्रीको उम्मेदवारी दिए त्यसले नेपाली काँगे्रसलाई मात्र नभएर नेपालकै राजनीतिलाई असर पार्दा राजनीतिक गतिरोध बढेको बताए। नेपालको इतिहास मै सबैभन्दा कम्जोर अर्थतन्त्रको सामना नेपालले गरिरहेको र सरकार लगायत नेपालीबिज्ञहरुले यसतर्फ बहस चलाउन नसक्दा नेपालले आउँदो दिनमा ठूलो आर्थिक संकट भोग्नु पर्ने उनले बताए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts