Monday, January 11, 2016

फिफा बालोन डि’ओर अवार्ड मेस्सीलाई

काठमाडौं,पुष २८ ।  बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीले पाँचौं पटक फिफा बालोन डि’ओर अवार्ड जितेका छन् । रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाकै नेयमारलाई पछि मेस्सीले अवार्ड हात पारेका हुन् ।

आइतबार राति अवेर स्वीट्जरल्याण्डको जुरिचमा फिफा बालोन डि’ओरको विजेता घोषणा गरिएको हो ।  मेस्सीले ४१.३३ प्रतिशत मत पाएका थिए भने रोनाल्डो दोस्रो स्थानमा रहे । उनले २७.७६ प्रतिशत मत पाए भने तेस्रो स्थानमा रहेको नेयमारले ७.८६ प्रतिशत मत पाए । यसअघि लगातार चार पटक यो अवार्ड जितेका मेस्सीलाई २०१३ र २०१४ मा भने रोनाल्डोले पछि पारेका थिए । तर, यो पटक फेरि मेस्सीले यो अवार्ड जितेका हुन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts