Monday, January 11, 2016

संविधान बनाउने १२ सभासद अंगिकृत

काठमाडौं,पुष २८ । नयाँ संविधानले नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलालाई नागरिकताबाट बञ्चित गरेको प्रचार तराई-मधेसमा भइरहेका बेला दोस्रो संविधानसभामा मात्रै कम्तिमा १२ जना अंगिकृत सभासद् रहेको तथ्य भेटिएको छ । यी सबै सभासद संविधानसभाको समापनसँगै स्वत रुपान्तरित भएर बनेको ब्यवस्थापिका संसदको सदस्यका रुपमा देशको सर्वोच्च विधायनी अंगमा बहाल छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

दोस्रो संविधानसभा (हालको संसद) मा बहाल रहेका ५ सय ९७ सभासदमध्ये कम्तिमा १२ जना वैवाहिक अंगिृकत नागरिकता प्राप्त सभासद छन् । उनीहरू सबै जना नेपाली पुरुषसग विहे गरेका भारतीय चेली रहेको तत्कालिन संविधानसभा सचिवालय (हालको संसद सचिवालय) को अभिलेखमा उल्लेख छ । तत्कालिन सभासद्हरुले भरेको वैयक्तिक विवरण अनुसार एक दर्जन सभासद्ले वैवाहिक अंगिृकत नागरिकता प्राप्त गरेको देखिन्छ ।

सचिवालयका एक अधिकारीका अनुसार तत्कालिन संविधानसभामा अंगिृकत नागरिकता भएका सभासदको संख्या एक दर्जन भन्दा बढी हुन सक्छ । ‘सबैको नागरिकताको अभिलेख भिकाएर कुनै अध्ययन भएको छैन,’ ती अधिकारीले भने, ‘तत्कालिन सभासद् स्वयंले भरेको वैयक्तिक विवरणका आधारमा १२ जनामात्रै अंगिकृत देखिएपनि अरु कतिपयले त्यस्तो विवरण उल्लेख नगरेका पनि हुन सक्छन् ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts