काठमाडौं,पुष २७ । वडा, गाउँ, नगर, क्षेत्र, जिल्लादेखि केन्द्रमा पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनयन दर्ता गर्न दुई सयदेखि २० हजारसम्म लाग्ने निर्देशिका उल्लेख छ । मनोनयनपत्र दाखिला गर्दा गाउँस्तरको सबै निर्वाचनका लागि दुई सय, नगरस्तरको सबै निर्वाचनका लागि पाँच सय, क्षेत्रका लागि एक हजार, जिल्ला सचिव, कोषाध्यक्ष र सदस्यको पदको निर्वाचनका लागि तीन हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, जिल्ला सभापति पदका लागि पाँच हजार, केन्द्रीय सदस्यका लागि दश हजार, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय महामन्त्री पदका लागि १५ हजार र केन्द्रीय सभापतिका लागि उम्मेदवार बन्न २० हजार दस्तुर बुझाउनुपर्नेछ ।
No comments:
Post a Comment