बझाङ,पुष २७ । सरकारी निकायका कर्मचारी र ठेकेदारले माथिल्लो तहका कर्मचारीलाई कोसेलीका रुपमा जंगली जनावरका मासु दिने गरेका छन् । जिल्ला सदरमुकाममा सरकारी काम छिटो गराउन कर्मचारीलाई ठेकेदारका साथै सर्वसाधारणसम्मले जंगली जनावरसाथै राष्ट्रिय पंक्षी डाँफेको मासु घुस दिने गरेका हुन् ।
तल्लो तहका कर्मचारी र ठेकेदारले सिकारीसँग मिलेर राष्ट्रिय पंक्षी डाँफेका साथै झारल, घोरल, कस्तुरी, मृग, कालिज मार्ने गरेका छन् । केही सिकारीले सदरमुकाम चैनपुरमा लुकीछिपी वन्यजन्तुका मासु बेच्ने गरेका छन्, आजको नागरिक दैनिकमा खबर छ ।
No comments:
Post a Comment