काठमाडौं,पुष २७ । भारतको रक्सौलमा अलपत्र ग्यास बुलेट बाटो परिवर्तन गर्न लाग्ने थप ढुवानी खर्च र रोकिराखेको डिटेन्सन कस्ट बापत झन्डै ३० करोड रुपैयाँ सरकारले ब्यहोरे आपूर्ति सहज बनाउन आफू तयार रहेको ग्यास उद्योगीले बताएका छन्।
‘सरकारले खर्च ब्यहोरोस् हामीले अस्थायी रुपमा थप ग्यास बुलेट भाडा लिएर भएपनि सहज बनाइदिन्छौँ, नेपाल उद्योग संघका अध्यक्ष शिव घिमिरेले भने,‘डिटेन्सन कस्ट दैनिक बढिरहेको छ, हामीले २ महिनाअघि नै भनेका थियौ,अहिलेसम्म कुनै पनि नीतिगत निर्णय हुन सेको छैन।’ यही कारण ग्यास अभाव भइरहेको उनले बताए। कारोबार दैनिकमा समाचार छ।
यही अवस्था कायम रहे कहिल्यै पनि ग्यास सहज नहुने उनले बताए। ग्यास असहज हुँदा उपभोक्ता प्रतिसिलिन्डर ९÷१० हजार रुपैयाँ तिर्न बाध्य छन्।
No comments:
Post a Comment