घोराही, पुष २६ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय नाकाबन्दीले नेपालीलाई आत्मनिर्भर बन्नुपर्ने पाठ सिकाएको बताएका छन्। आइतबार क्रान्तिकारी पत्रकार संघ दाङको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै प्रचण्डले नेपाली राष्ट्रियता र स्वाभिमानको शिर नझुकाएरै दुई चार दिनमा नाकाहरु खुल्ने संकेत दिदै संविधान कार्यान्वयनका लागि दलीय एकता आवश्यक भएको बताएका छन् ।
उनले नेपालीको शिर उचो हुने गरी नै कुटनीतिक तबरबाट भारतीय नाकाबन्दीको समस्या समाधान गरिने बताए। समावेशी र समानुपातिक संबिधान जारी भएपछि केही मानिसहरुको चित्त नबुझेको प्रचण्डको भनाई छ। ‘सम्भवतः हामी दुई चारदिनमै सहमतिमा पुग्छौँ, अनि मधेसको समस्या पनि समाधान हुन्छ, नाकाहरु पनि खुल्छन्’ उनले भने ‘तर, हामी नेपालीको राष्ट्रियता अनि हाम्रो स्वाभिमानको शिर झुक्न दिन्नौँ, त्यस्तो सम्झौता हुनसक्दैन ।’ प्रचण्डले नेपाली आफैले संविधान बनाए बापत भारतले नाकाबन्दी गरेर दुःख दिएको आरोप लगाए। उनले नयाँ संविधानको कार्यान्वयनसँगै मुलुक विकासको गतिमा अगाडि बढ्ने बताए।
‘
No comments:
Post a Comment