Sunday, January 10, 2016

जनमैत्री बचत तथा ऋण सहकारीले पाँचौ साधारण सभा

काठमाडौं,पुष २६ । जनमैत्री बचत तथा ऋण सहकारी संस्थाको आफ्नो पाँचौ साधारण सभा सम्पन्न गरेको छ । सहकारी डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायण प्रसाद अर्यालको विशेष अतिथिमा शनिवार एक कार्यक्रमकोबीच साधारण सभा सम्पन्न गरेको हो । सभाको सभापतित्व संस्थाको अध्यक्ष नवराज लोक्चनले गर्नु भएको थियो ।

साधारण सभाको अवसरमा संस्थाको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो । साढे तीन करोडको निक्षेप सङ्कलन सुरु गरिएको सहकारीले प्रगति दोब्बर पार्दै साढे सात करोडको हाराहरीमा पूँजी संकलन गरिसकेको छ । निक्षेप सङ्कलन, कर्जा कारोवार, नाफा, कर्मचारीको सङ्ख्या र सेवा क्षेत्र पनि बढाइने लक्ष्य सहकारीले राखेको छ ।

कार्यक्रममा बोल्दै सहकारी डिभिजन कार्यालय काठमाडौंका प्रमुख अर्यालले जनमैत्री बचत तथा ऋण सहकारी संस्थालाई शुभकामना दिदै कम साधन र स्रोत भएकाले पनि सहकारी मार्फत उल्लेख्य लगानी गर्न रचनात्मक काम गर्न सकिने बताए । सहकारीले आर्थिक बिकास सँगसँगै सामाजिक, शिक्षा तथा स्वास्थ्यमा पनि रचनात्मक काम गर्न आवश्यक भएको उनले बताए ।

सहकारी नयाँ प्रणालीको रुपमा बिकास गर्दै देशको अर्थतन्त्र सबल बनाउन सकिने उनले विश्वास व्यक्त गरे । सहकारीको सिद्वान्तजस्तै देशको संघीयता मोडेल अंगीकार गर्न लागिएको उनले बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts