Sunday, November 15, 2015

चारचक्के सवारी साधन आवातजावतमा रोक

कपिलवस्तु,कातिक २९ । नेपाल भारत सीमा अन्तर्गत सदरमुकाम तौलिहवा भित्रने मर्जादपुर सीमा नाकामा भारततर्फबाट उच्च कडाइ गरिएको छ । सीमा नाकाको भारततर्फको खुनुवामा खटिएका भारतीय सुरक्षा बलले चारचक्के सवारी साधनमा पूर्ण रोक लगाएको छ । त्यस्तै मोटरसाइकल र पैदल यात्रुलाई निकै कडाइका साथ आवतजावत गर्न दिइएको छ ।

आफुहरुलाई माथिको आदेश आएका कारण सीमा नाकाबाट चारचक्के सवारी साधन आवतजावतमा रोक लगाइएको भारतीय सीमा सुरक्षा बलको खुनुवा कार्यालयले जनाएको छ । कृष्णनगर सीमा नाकाबाट भने निर्बाध रुपमा चार चक्केलगायत सवारी साधन सञ्चालनमा छन् । रासस

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts