एजेन्सी । बलिउडमा सुपस्टार सलमान खान अभिनित चलचित्र ‘प्रेम रतन धन पायो’ले तिनदिनमै १०१.४७ करोड कमाई गरेको छ । बिहिबार बाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेम रतन धन पायो’ले पहिलो दिन ४० करोड़ ३५ लाख कमाएर बॉक्स ऑफिसमा इतिहास रचेको थियो। पहिलो दिनको धेरै कमाउने फिल्मको रेकर्ड शाहरूख खानको फिल्म ‘हैपी न्यू ईयर’को नाम रहेको छ ।
यसै गरी शुक्रबारपनि चलचित्र प्रेम रतन धन पायो’ले ३१.०३ करोड कमाई गर्दै, दुई दिनमै ७१.३८ करोड कमाउन सफल भएको थियो। र शनिबार ३०.०९ करोड कमाउदै १०० करोड क्लबमा सामेल भएको छ । चलचित्र ५६०० स्किन्समा रिलिज गरिएको छ ।
फिल्ममा सलमानको अलवा सोनम कपूर, नील नितिन मुकेश, अरमान कोहली, अनुपम खेर र स्वरा भास्कर मुख्य भूमिका रहेको छ ।फिल्मलाई राजश्री प्रोडक्सनको ब्यानरमा सुरज बाडजत्याले निर्देशन गरेका हुन ।सलमानले १५ बर्षपछि बाडजत्याको फिल्ममा अभिनय गरेका हुन । १५ बर्षअघि हम साथ साथ हे मा सलमान काम गरेका थिए ।
No comments:
Post a Comment