Sunday, November 15, 2015

नुवाकोटमा मिनीट्रक दुर्घटना १४ जना घाइते

नुवाकोट,कातिक २९ । नुवाकोटको चारघरे गाँउ विकास समितिको वडा नम्बर दुई मान्द्रेढुङ्गाबाट त्रिशूली आउदै गरेको मिनीट्रक दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अबस्था गम्भीर रहेको छ । दुर्घटनामा परी घाइते भएका मध्ये ८ जनाको सञ्जिवनी अस्पताल बट्टार, पाँच जनाको नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टर विदुर र एक जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

मिनीट्रकमा यात्रा गरिरहेका १४ जना यात्रु सबै चारघरे गाविस वडा नम्बर २ मान्द्रेढुङ्गाका राई समुदाय रहेको छन् । ना।५ ख १३७ नम्बरको मिनीट्रक चारघरेको गौरीवेशी भन्ने स्थानमा दुर्घटना भएको हो । कच्चि सडकमा मोहोडा काट्ने क्रममा गाडी दुर्घटना भएको गाडी चालक चारघरे गाविस वडा नम्बर २ मान्द्रेढुङ्गाका ४० वर्षीय होमबहादुर राईले जानकारी दिनुभएको छ । चालक राईको अहिले नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टर विदुरमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts