Sunday, November 15, 2015

भारतसँगै कुरो गर्नुहोस भन्दै मोर्चाले बल्ल खोल्यो ‘नाकाबन्दी’को रहस्य

काठमाडौं,कातिक २९ । मधेसी मोर्चाका नेताहरू कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा लस्कर लागेर पुगे । त्यहाँ लामो वार्ता पनि भयो । वार्ताका क्रममा कांग्रेस र मधेसी मोर्चाका नेताहरू मज्जाले घोँचपेच पनि भए । कांग्रेस सत्ताबाट बाहिरिएपछि पहिलो पटक मधेसी मोर्चाका माग र आन्दोलनका विषयमा मोर्चासँग पहिलो पटक औपचारिक वार्ता गरेको हो । वार्ताका क्रममा सवाल जवाफ हुनु स्वभाविक थियो । बैठक चलिरहेका बेला कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मधेसी मोर्चासँग नाकाबन्दी फिर्ता लिएर जनतालाई दुःख नदिने आग्रह गर्नुभयो ।

देउवाको आग्रह सक्किन नपाउँदै मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठट्यौली शैलीमा भन्नुभयो, ‘नाकाबन्दी हामीले कहाँ गरेका छौँ र रु कुन नाकामा अवरोध गरेका छौँ । भारतसँगै कुरा गर्नुस् नाकाबन्दी खोल्ने विषयमा । हामीसँग त्यो कुरा नगरौँ ।’ यादवले नाकाबन्दी आफूहरूले भन्दा पनि भारतीय पक्षले गरेको भनाइ थियो ।

उपेन्द्र यादवको यस्तो जवाफ आएपछि एकछिन कांग्रेस नेताहरूले मुखामुख गरे । उनीहरूले फेरि मधेसी मोर्चासँग भने आन्दोलनले जनतालाई धेरै दुःख दिएको भन्दै मागलाई राजनीतिक रुपमा सदन र सडकबाट शान्तिपूर्ण रुपमा दबाव दिँदा त्यो बढी फाइदा हुने बताएका दैनिकी नेपालमा समाचार छ । अध्यक्ष यादवले सरकारले कुटनीतिक पहलबाट नाकाबन्दी खोल्न कमल थापालाई भारत पठाएको प्रशङ्ग कोट्याउँदै व्याङ्ग्यसमेत गर्नुभएको थियो ।

तर मधेसी मोर्चाका नेताहरूले आफूहरू सिमाङ्कनको विषयमा अडिग रहेको भन्दै सो विषयमा स्पष्ट हुन कांग्रेसलाई आग्रह गरेका थिए । कांग्रेसले सिमाङ्कनको विषय जटिल रहेकाले यसलाई अहिल्यै नै समाधान गर्न नसकिने र राजनीतिक सहमति आवश्यक पर्ने जवाफ दिएको स्रोतको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts