Sunday, November 15, 2015

भ्रुण हत्या न्यूनीकरण गर्न सचेतनामूलक शिलालेख

विराटनगर, कातिक २९ । लैङ्गिक विभेदका कारण हुने भ्रुण हत्या न्यूनीकरण गर्ने उद्देश्यले विराटनगरमा सचेतनामूलक शिलालेख राखिएको छ । जैन धर्मालम्बीको धार्मिक संस्था तेरापन्थ महिलामण्डल विराटनगरको अगुवाइमा देवकोटा चोक, शनिहाट र विमानस्थल क्षेत्रमा राखिएको शिलालेखको जैन धर्मगुरु आचार्य महाश्रमणको उपस्थितिमा आजसमाजसेवी सरोज दुगडले अनावरण गर्नुभयो । सो अवसरमा सांसद राजलक्ष्मी गोल्छाले लैङ्गिक विभेदका आधारमा हुने भ्रुण हत्या न्यूनीकरण गर्न देशभरि नै यस प्रकारका शिलालेख राखिने जानकारी दिनुभयो ।

आचार्य महाश्रमणले आपूm अहिंसा र शान्तिको नारा बोकेर चार्तुमासा कार्यक्रममा सहभागी भइरहेको अवस्थामा यस प्रकारका कार्यक्रमले आफ्नो अभियानलाई थप सकारात्मक दिशातर्फ डो¥याएको विश्वास व्यक्त गर्नुभयो ।
आयोजक संस्थाका अध्यक्ष सुशीला गोल्छाले यस प्रकारका शिलालेखको माध्यमबाट समाजमा सन्देश प्रवाह हुने र भ्रुणहत्या न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts