काठमाडौं,कातिक २९ । पराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका लागि नेपाली राजदूत डा महेश मास्केले आज उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भेटी चीनबाट इन्धन ल्याउन दुई देशबीच सैद्धान्तिक सम्झौता भइसकेकाले व्यापारिक सम्झौताको अन्तिम तयारी भइरहेको जानकारी दिएका छन्।
मास्केले आज उपराष्ट्रपति कार्यालय बहादुर भवनमा गरेको भेटवार्तामा चीनबाट इन्धन ल्याउन व्यापारिक सम्झौताको अन्तिम गृहकार्य भइरहेको जानकारी दिएका हुन्। उपराष्ट्रपति पुनका प्रमुख स्वकीय सचिव शुकबहादुर रोकाले दिएको जानकारीअनुसार मास्केले चीनले अहिलेसम्म इन्धन निर्यात नगरेको र निर्यातसम्बन्धी नियम बनाउन लागिरहेकाले व्यापारिक सम्झौतामा केही ढिलाइ भएको बताएका छन्।
राजदूत मास्केले पेट्रोल र डिजेल केरुङ नाका हुँदै ल्याउन सकिने भए पनि ग्यासका बुलेट केरुङबाट ल्याउन अप्ठ्यारो भइरहेकाले तातोपानी नाकाबाट ल्याउने कोसिस भइरहेको बताए।
चिनियाँ पक्षले काभ्रेको पा“चखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासको बुलेट सिधै पाँचखालसम्म ल्याउन चीन तयार रहेको जानकारी गराएको डा मास्केले जानकारी गराए। “चीनको प्राथमिकता केरुङ छ, तर नेपालतिरको बाटो सा“घुरो भएकाले केरुङबाट ग्यासको बुलेट ल्याउन सम्भव देखिएन, हामीले पेट्रोल, डिजेल र अन्य सामग्री केरुङबाटै ल्याऔँला, ग्यासको बुलेट तातोपानीबाटै ल्याउनुपर्ने प्रस्ताव गरेका छौँ” राजदूतलाई उद्धृत गर्दै स्वकीय सचिव रोकाले भने।
राजदूत डा मास्केले पाँचखालमा चीन र नेपालको संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट चीनबाट सिधै पा“चखाल ल्याउने चीनको प्रस्ताव सकारात्मक छ भन्दै संयुक्त भन्सार स्थापनाका लागि पहल गर्न उपराष्ट्रपतिसँग आग्रह गरे। रासस
No comments:
Post a Comment