Sunday, November 15, 2015

मोर्चालाई सहमतिमा ल्याउन कांग्रेससहितको नयाँ समिति बन्ने

काठमाडौं,कातिक २९ । तीन महिना देखि संघीय सीमांकनको माग राखेर आन्दोलन जारी राखेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सहमतिमा ल्याउन प्रमुख विपक्षी दल नेपाली कांग्रेस सहितको नयाँ वार्ताटोली बन्ने भएको छ ।
सरकारी वार्ता टोलीमा बस्न कांग्रेस सहमत नभएपछि त्यसको विकल्पमा राजनीतिक वार्ता समिति गठन हुन लागेको हो । सरकार र मोर्चाबीच मध्यस्थता गर्ने बताउँदै आएको कांग्रेसले शनिबार मोर्चासँग गरेको छलफल गरेको थियो । मोर्चाले वार्ता टोलीमा कांग्रेसको सहभागिता खोजिरहेका बेला कांग्रेस पदाधिकारीको बैठकले अहिलेको असहज परिस्थितिलाई चाँडो भन्दा चाँडो टुंग्याउने गरी अघि बढ्ने निर्णय गरेपछि सरकारले कांग्रेस सहतिको वार्ता टोली बनाउन लागेको हो ।

स्रोतका अनुसार अहिलेको सरकारी वार्ता टोली भंग गरेर राजनीतिक वार्ता समिति गठन गर्न कांग्रेस पनि सहमत देखिएको छ । त्यो वार्ता समितिमा कांग्रेस, एमाले, एमाओवादीलगायत प्रमुख दलका नेताहरु हुनेछन् । यसअघि गठित वार्ता टोलीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वको मन्त्रीहरु अग्नि खरेल, रेखा शर्मा र रामजनम चौधरी छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts