Wednesday, November 18, 2015

इन्धन खरिदको ब्यापारिक सम्झौता गर्न नेपाली टोली बेइजिङ जादै

काठमाडौं,मंसिर ३ । चिनिया तेल कम्पनी पेट्रो चाइनाले तेलको ब्यापारिक सम्झौताको लागि नेपाल आयल निगम र बाणिज्य मन्त्रालयका अधिकारी सहितको टोली शुक्रवार बेइजिङ जादैछ । यसअघि नै सहमति भइसकेकाले सम्झौतालाई मुर्तरुप दिन नेपाली टोली बेइजिङ जाने लागेको हो । टोलीले चाइना नेशनल पेट्रोलियम कर्पोरेशनसँग इन्धन खरिद सम्बन्धी ब्यापारिक सम्झौता गर्नेछ । चीन जाने टोलीको टुंगो भने अझै लागेको छैन् ।

आपूर्तिमन्त्री गणेशमान पुनले तेल आपूर्तिको ब्यापारिक सम्झौता गर्न नेपाली टोली विहीबार चीन जाने बताएका थिए । तर टिकट नमिलेका कारण नेपाली प्रतिनिधिमण्डल शुक्रबार मात्रै बेइजिङ जाने भएको विभागका अधिकारीहरुले जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts