Saturday, November 14, 2015

गतिलो नेता नदिएको भन्दै महजोडीले गरे इश्वरसँग बिलौना (भिडियोसहित)

काठमाडौं । । हाँस्य व्यंग्य क्षेत्रको पर्यायवाची हुन्, मह जोडि अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । कलाको माध्यमबाट नेपालीको मनमा बसेर मष्तिक परिर्वतन गर्ने अभियानमा यो जोडि लामो समयदेखि सक्रिय छ । सबै नेपालीको मन मुटुमा बस्न सफल मह जोडिलाई नेता, अभिनेता र जनता सबैले सम्मानको दृष्टिले हेर्ने गरेका छन् ।

नेतालाई सचेत, अभिनेतालाई स्नेह, सुझाव र जनतालाई सकारात्मक सन्देश दिने भएकाले पनि यो जोडिलाई सम्झीनेहरुको संख्या कम नभएको हो । टेलिश्रृंखला, नाटक, प्रहशन, हाँस्यव्यंग्य होस् वा गीत संगीत मह जोडिले आम नागरिकको आँखा खोल्ने काम गर्दै आएको छ ।

यहि क्रममा मह जोडिले अर्को एउटा यथार्थपरक र सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । जुनका गीतले गतिलो नेता नपाउँदा देश पछाडि परेको सन्देश दिएको छ । यसको साथमा गीतले हाम्रो भन्दा पनि राम्रो नेता छान्नु पर्नेमा पनि जोड दिएको छ । मह जोडिको शब्द, संगीत र स्वरमा रहेको गीत यस्तो छ । भिडियो हेर्नुहोस्

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts