काठमाडौं,मंसिर ३ । तीन महिनादेखि चलिरहेको मधेस आन्दोलनका भित्रि रहस्य एक पछि अर्को गरी खुल्दै गइरहेका छन् । यसैक्रममा मधेस आन्दोलनको अर्को रहस्य खुलेको छ । उक्त खुलासा भारतको चर्चित पत्रिका अमर उजालाले गरेको छ । मधेसी मोर्चालाई उद्धृत गर्दै अमर उजालाले लेखेको छ( मधेसी नेताहरुले भारतसामू नेपालको तराई क्षेत्र भारतकै भूमी भएको र सहयोग गर्न आग्रह गरेका छन् ।
भारतीय भूमी भन्दै उनीहरुले मधेसको रक्षा गर्न भारतसँग थप सहयोग माग गरिएको समाचारमा उल्लेख छ । नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभाग अंग्रेजले १८६० मा भारतबाट टुक्रयाएर नेपाललाई दिएको भन्दै उनीहरुले मधेस भारतकै संरक्षणमा हुनुपर्ने बताएको समाचारमा उल्लेख छ । यसअघि मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताले अमर उजाला पत्रिकासँगै भारतविना नेपालले सांस पनि फेर्न नसक्ने भनेर अभिव्यक्ति दिएका थिए ।
No comments:
Post a Comment