भैरहवा, मंसिर ३ । तिहार र छठ पर्वको लागी भन्दै केही दिनलाई खुकुलो बनाएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले फेरी अनिश्चितकालीन बन्द आव्हान गरेको छ । बन्दको क्रममा मोटरसाईकल र पर्यटक बस समेत चल्न नदिने मोर्चाले जनाएको छ ।
भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै मोर्चाको संयोजक महेन्द्र यादवले बन्द अवधि भर भैरहवा–लुम्बिनी सडक खण्ड अन्र्तगत मोटर साइकल र पर्यटक बस समेत गुड्न नदिने बताए । उनले अबको आन्द्योलन भन्सार, राजमार्ग र पेट्रोलियम पदार्थको तस्करी रोक्नमा केन्द्रित हुने पनि जनाए ।
No comments:
Post a Comment