Sunday, October 11, 2015

मन्त्री बनाउन स्वास्थ्य जाँच्नु पर्ने !

काठमाडौं,असोज २५ । सांसदहरुले सरकारको नेतृत्व गर्नेहरुको स्वास्थ्य परीक्षण गरेरमात्र जिम्मेवारी दिनुपर्ने जोड दिएका छन् । व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिमा उनीहरुले सत्तामा पुग्नासाथ उपचारका नाममा करोडौं रकम दुरुपयोग गर्नेक्रम बढेको भन्दै नियुक्तिअघि स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्ने बताएका हुन् ।

जथाभावी रकम खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्न आवश्यक विधि तय गर्नुपर्नेमा उनीहरुले जोड दिएको कारोबारमा खबर छ । बैठकमा सांसद मनोहरनारायण श्रेष्ठले प्रधानमन्त्रीरमन्त्री बन्नेबित्तिकै उपचारका नाममा राज्यकोषको ठूलो रकम खर्च गर्ने परिपार्टी बढेको बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts