Sunday, October 11, 2015

‘रअ’ छिरेपछि कोइारालाको बहिर्गमन अत्यन्त लजास्पद

काठमाडौं,असोज २५ । अन्ततः नेपालमा राष्ट्रवादीहरुको एकता विजयी भएको छ । तर, राष्ट्रवादले जिते बापत मुलुक र जनताले अझै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । जसरी संविधान जारी गरेबापत मुलुकले नाकाबन्दीको सजाय भोग्नुपरेको छ, त्यसैगरी राष्ट्रवादीले जिते बापत जनताले थप कष्ट उठाउनुपर्ने हुन सक्छ । तर, राष्ट्रिय स्वाभिमान जोगिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन भारतको सिंगो सरकार नै लागेको थियो ।

भारती खुफिया एजेन्सी ‘रअ’का पूर्व प्रमुख एबी माथुर एकसातादेखि पाँचतारे होटलमा अड्डा जमाएर बसेका थिए । ९ करोड भारु सांसद खरिद बिक्रीका लागि छुट्याइएको चर्चा खुबै चल्यो । तर, यसपटक देशभक्तहरु एकजुट भए । अन्ततः भारतीय खुफिया एजेन्सीको एजेन्टको रुपमा कांग्रेस सभापति सुशील कोइारालाको बहिर्गमन अत्यन्त शर्मनाक रुपमा भएको छ । कांग्रेसका अधिकांश नेता कार्यकर्ताहरुले कुनै पनि हालतमा उम्मेदवारी दिनु हुँदैन भन्दा भन्दै कोइराला किन खडा भए रु कसैले पनि यसको जवाफ भेटेको छैन । कांग्रेस नेताहरु मोबाइल स्वीच अफ गरेर बसेका छन् ।

कार्यकर्ताहरु मुख देखाउन नसक्ने भइयो भन्दै रुवाबासी गरेर हिंडेका छन् । आन्दोलनमा सक्रिय भएका मधेसी दललाई पनि भारतले कोइारालाको पक्षमा मतदान गर्न लगाएपछि नाकाबन्दी र आन्दोलनको पटाक्षेप भएको छ । कोइारलालाई जिताउन र ओलीलाई हराउन नसक्ने भएपछि मधेसी दलहरु भोट नहाल्ने मनस्थितिमा पुगे पनि भारतीय राजदुत रन्जित रे र रअका पूर्व प्रमुख माथुरको निर्देशनपछि उनीहरु मतदानमा सहभागी हुन बाध्य भएन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts