Sunday, October 11, 2015

यी हुन् आजै सपथ लिने तीन उपप्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं,असोज २५ । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न राष्ट्रपति डा. रामवरण यादवसँग पद तथा गोपनीयताको शपथ लिँदैछन् । सोमबार नै ओलीले तीन उपप्रधानमन्त्री र केही मन्त्रीलाई शपथ दिनेछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– उप्रप्रधानमन्त्रीमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा वा सचिव टोपबहादुर रायमाझी (गृह), राप्रपा नेपालका अध्यक्ष कमल थापा (परराष्ट्र) र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार (भौतिक पूर्वाधार तथा यातायात( ले शपथ लिने स्रोतले जानकारी दियो ।

एमाले उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव विष्णु पौडेललगायत नौ मन्त्री एमालेबाट बन्ने भएका छन् । सोमबार बिहान एमाले स्थायी समितिले यसको निर्णय गर्दैछ । एमाओवादीले गृहसहित आठ मन्त्रालय पाउनेछ । एमाओवादीबाट अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेललगायत आठजनाले मन्त्री पद पाउनेछन् । राप्रपा नेपालले परराष्ट्रसहित तीन, फोरम लोकतान्त्रिकले भौतिक पूर्वाधार र यातायातसहित दुई मन्त्रालय पाउनेछन् । राप्रपाले दुई र नेकपा मालेले एकसहित केही साना दलले समेत मन्त्रालय पाउने सहमति भएको छ । ओली स्रोतका अनुसार सोमबार सातदेखि नौ सदस्यीय मन्त्रिपरिषद् बन्नेछ । एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सोमबार बिहान पार्टी पदाधिकारी बैठकले मन्त्रीहरू टुंग्याउने बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts