काठमाडौं, असोज २५ । प्रधामन्त्री केपी शर्मा ओलीको सहयोगी टिम कस्तो बल्ना रु यसबारेमा एमालेभित्रै बहस सुरु भएको छ । प्रधानमन्त्रीलाई सफल बनाउन निजी सहयोगी टिम निस्वार्थी, जनसम्पर्क भएको र सबै क्षेत्रको ज्ञान भएको हुनुपर्छ भन्ने सबैको मत छ । प्रधानमन्त्रीलाई सघाउनका लागि राजनीतिमा पार्टीकै नेताहरु नै लाग्नुपर्ने हुन्छ ।
तर, पनि ओलीले प्रदीप ज्ञवाली वा शंकर पोखरेलमध्ये एक जनालाई प्रमुख राजनीतिक सल्लाहकार बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ । त्यस्तै प्रेस सल्लाहकारमा प्रमोद दाहालको नाम चर्चा रहेको छ । ओलीलाई संकटको बेलामा र सबैले छोडेको बेलामासमेत साथ दिंदै आएका र ओलीको पक्ष्ँमा लागेबापत पार्टीमा कारवाहीसमेत भोगेका दाहाललाई प्रेस सल्लाहकार बनाउन पार्टी प्रचार विभाज प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालसमेत लागेका छन् । प्रेस सल्लाहकारका प्रमुख दाबेदार मानिएका प्रेस चौतारीका पूर्व अध्यक्ष शम्भु श्रेष्ठले आफू सल्लाहकार नहुने आशय व्यक्त गरेपछि पूर्व महासचिव दाहालको सम्भावना बढेको आजको साँघु साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment