Sunday, October 11, 2015

बिहे गर्न नमान्दा प्रेमिकाको हत्या

बाग्लुङ,असोज २५ । हुग्दिशिर –६ को डेराबाट तारा श्रीष ४ असोजदेखि एकाएक गायव भइन् । हराएको एक सातापछि गाउँकै झाडीमा बीभत्स अवस्थामा शव भेटियो । स्थानीय सर्वोदय उच्चमाविका शिक्षिकासमेत रहेकी २७ वर्षीया श्रीषको शव भेटिएपछि हत्या आशंकामा इलाका प्रहरी कार्यालयले अनुसन्धान शुरु गर्यो ।

मोबाइल फोन कल डिटेलका आधारमा प्रहरीले गाउँकै इन्द्रबहादुर पुनलाई हत्या आशंकामा नियन्त्रण लिर्इ अनससन्धान अघि बढायो । अनुसन्धानकै क्रममा पुन श्रीसको प्रेमी भएको पत्ता लाग्यो । २० वर्षीय पुनले विवाह गर्न अस्वीकार गरेपछि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । इन्द्र हुग्दिशिर–६ का स्थानीय हुन् । प्रहरीले इन्द्रले दिएको बयानको भिडियो पनि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts