Sunday, October 11, 2015

ईटाली, बेल्जियम र वेल्स युरोकप फुटबलका लागि छानिए

काठमाडौं, असोज २४ । ईटाली, बेल्जियम र वेल्स अर्को वर्ष हुने युरोकप फुटबल प्रतियोगिताको लागि छनौट भएका छन् । शनिबार राति भएका आआफ्नो खेलपछि तीनै राष्ट्रले युरोकपमा स्थान पक्का गरेका हुन् । इटलीले अजरबैजानलाई ३–१ ले हरायो । समुह एचको इटलीका लागि मार्को भराटी, स्टिफन एल शारवे र म्याथियो डार्मियनले एक गोल गरे । अजरबैजानका लागि दिमित्रिभ नाजरोभले एक गोल फर्काए । शनिबार राति नै भएको खेलमा एन्डोरालाई ४–१ ले हराएको बेल्जियमले समुह बी बाट युरोकपमा स्थान बनाउन सफल भएको छ ।

युरोकप फुटबल अन्तर्गत शनिबार राती भएका अन्य खेलहरुमा नेदरल्याण्ड्सले काजखस्तानलाई २-१ ले, टर्कीले चेक गणतनत्रलाई २-० ले, साईप्रसले ईजरेललाई २-१ ले, नर्वेले माल्टालाई २-० ले तथा क्रोएशीयाले बुल्गेरियालाई ३-० ले हराएका छन् । अर्को वर्ष फ्रान्समा हुने युरोकप फुटबलमा कुल २४ टोली सहभागि हुँदैछन् ।

हालसम्म आयोजक फ्रान्ससहित आईसल्याण्ड, चेक गणतन्त्र, बेल्जियम, वेल्स, स्पेन, इंग्लण्ड, स्विट्जरल्याण्ड, नर्दन आयरल्याण्ड, अष्ट्रिया, इटाली र पोर्चुगल युरोकपमा छनौट भइसकेका छन् । युरोकप छनौट चरणका खेलहरु यही मंगलवार सकिदैछन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts