काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी नेतृत्वका कारण पार्टीलाई गम्भिर धक्का लागेको भन्दै दुखेसो पोखेका छन् । उनले फेसबुकमा स्टेटस लेख्दै प्रधानमन्त्रीमा उम्मेदवारी दिने पार्टीको निर्णयप्रति गम्भिर असन्तुष्टि प्रकट गरेका छन् । गगनले भनेका छन्, -सभापतिलाई हामीले सोध्यौं तपाइँले तीन दलका नेताको बिचमा कुनै सहमति गर्नु भएको हो सरकार गठनको बारेमा? वहाँले भन्नू भयो होइन। हामीले हाम्रै सभापतिले भनेको पत्यायौं, त्यो स्वभाविक पनि थियो।
तर म दोहोर्याएर प्रधानमन्त्री बन्दिन भनेको त हाम्रै कानले सुनेको हो। त्यो पनि एकपटक होइन दर्जनौंपटक। केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले सरकार गठनको बारेमा फरक फरक धारणा राखे तापनि एउटा कुरा सबैले भनेको हो। प्रधानमन्त्रीले दोहोर्या उने चेष्टा गर्नु हुँदैन। तर फेरि सभापती नै उमेदवार हुनु भएको छ। अब हामीले यसलाई के भन्ने? कसले भनेर मानेको ठान्ने ? जनताका प्रश्नको के उत्तर दिने हामीले? आज मूख्य नेता र नेतृत्वको कारण पार्टीलाई ठूलो धक्का लागेको छ।’
No comments:
Post a Comment