काठमाडौं, असोज २४ । एकीकृत नेकपा माओवादका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीमा उमेदवारी दिएर ३ दलबीचको एकतालाई धरापमा पारेको बताउनुभयो ।
प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव गर्दै प्रचण्डले संसद बैठकमा कोइरालाको उम्मेदवारी बिडम्बना बनेको बताउनुभयो । कोइराला फेरि प्रधानमन्त्रीको उम्मेदवार बन्दा आफूलाई दुःख लागेको उल्लेख गर्दै प्रचण्डले भन्नुभो ‘सहमतिमा कांग्रेस नराम्रोसँग चुक्यो । मलाई दुःख छ ।’१६ बुँदे सहमति गर्ने क्रममा संविधान बनेपछि एमालेको नेतृत्वमा सरकार बनाउने सहमति भएको उहाँले दोहोर्याउनुभयो ।
कांग्रेसको नाम लिँदा निक्कै भावुक बनेका प्रचण्डले कांग्रेसलाई प्रश्न गर्दै भन्नुभयो ‘अब कांग्रेस मातृकाको बाटो छ कि बिपीको बाटो ? जंगबहादुर रोज्ने कि भीमसेन थापा ?’ नेपालको इतिहासमा विगतदेखि नै भारतपरस्त र राष्ट्रवादी धारवीच अन्तरसंघर्ष हुँदै आएको भन्दै उहाँले भन्नुभयो ‘कसैले हामीलाई विभाजित गर्न खोज्दैछ । तिनै शक्तिले हिजो पनि व्यवधान गर्न खोजेका थियो । अहिले पनि त्यही शक्तिले वर्वात गर्न खोजिरहेको छ ।’
-उज्यालो अनलाईन
No comments:
Post a Comment