काठमाडौं, असोज २४ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबाहादुर केसीले इतिहासको यो घडीमा दृढता देखाएकोमा एमाओवादी अध्यक्ष प्रचण्डलाई विशेष धन्यवाद दिँदै उनको प्रसंसा गरेका छन् । उमेद्वारी दिने कोइरालाको निर्णय गलत भन्दै प्रचण्डले राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर संविधान जारी गर्ने देखि राष्ट्रिय एकताका लागि देखाएको दृढताको खुला दिलले प्रशंसा गरेका छन् ।
संविधान निर्माण गर्न ठूला दलले गरेको आँट प्रशंसा योग्य रहेको बताए। एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले देखाएको दृढताले आफू खुशी भएको बताए। काँग्रेसको महत्वपुर्ण भूमिका रहँदा संविधान भनेको भन्दै सुशील कोइरालाले फेरि प्रधानमन्त्रीको उमेद्वारीदिँदा उनको उचाइ घटेको बताए। पहिलो पटक प्रचण्डलाई खुला दिलले प्रशंसा गरेका चित्रबहादुर केसीले राष्ट्रियताको पक्षमा उँभिएका कारण केपी ओलीलाई समर्थन गरेको जानकारी दिए ।
No comments:
Post a Comment