Sunday, October 11, 2015

‘फोटो टाँस्नमात्रै प्रधानमन्त्री बन्न खोजेको होइन’ -ओली

काठमाडौं, असोज २४ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीका उमेद्वार केपी शर्मा ओलीले आफू सिंहदरबारमा फोटो टाँस्न नभइ मुलुकका समस्या समाधान गर्न प्रधानमन्त्री बन्न लागेको बताएका छन्। मुलुकको ३८ औं प्रधानमन्त्रीका रुपमा आफूलाई उभ्याउँदै अध्यक्ष ओलीले देश र जनताका लागि केही गर्न आफू प्रधानमन्त्रीमा खडा हुन लागेको बताएका हुन् ।

‘फोटो टाँस्नमात्रै प्रधानमन्त्री बन्न खोजेको होइन । देश र जनताका लागि केही गर्न खोजेको हुँ’, उनले भने, ‘ हिमाल–पहाड–मधेसका सबै नेपाली दाजुभाइसँग हातेमालो गर्दै देशको विकासलाई अघि बढाउन म यहाँ उभिएको हुँ ।’

नेकपा एमालेकै सहयोगमा विगतमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भइ संविधान जारी भएको बताउँदै उनले काँग्रेसले आफूलाई समर्थन नगर्नु दुस्खद भएको बताए।
संविधान कार्यान्वयन तथा संशोधन गर्न अझै सबै दलहरु एकठाउँमा उभिनु पर्ने आवश्यकता भएको बताए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts