काठमाडौं,असोज २४ । प्रधानमन्त्री सुशील कोइरालाले मुख्य राजनीतिक दलहरुबीच १६ बुँदे सहमति हुँदा कसैलाई प्रधानमन्त्री बनाउने सहमति नभएको बताएको छ । आइतबार प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै कोइरालाले यस्तो कुरा बताएका हुन् ।
तराई मधेसको समस्यालाई समाधान गर्न अन्तिम क्षणसम्म प्रयास गरेको र राष्ट्रसंघीय महासभामा जाने कार्यक्रम स्थगित गरेर वार्तामा सक्रिय भएको बताए । उनले मधेसको मुद्दाप्रति संवेदनशिल हुनुपर्ने बताउँदै भने, यसमा हामी केही लचिलो भएर समाधान खोज्नुपर्छ ।
तीन दलको सहमतिअनुसार सरकारले ल्याएको संविधान संशोधन विधेयक पास गर्न सहयोग नगरेको र पुनःनिर्माण प्राधिकरणसम्वन्धी अध्यादेश असफल पारेको भन्दै कोइरालाले भने( आधिकारिक सहमति पालना नगर्नेले सहमतिको कुरा गर्न निरर्थक छ,’ उनले अघि भने- १६ बुँदेमा कहाँ यो कुरा आएको छ । त्यसरी गुमराह गर्नुभएन ।’
उनले आफूले हारे पनि ओलीलाई सघाउने र जिते पनि ओलीको साथ लिने बताए । उनले भने, अब राजनीतिक विवाद छोडेर विकास र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ ।
No comments:
Post a Comment