काठमाडौं,असोज २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा रहेको उनले ३२८ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । उनलाई प्रधानमन्त्री हुनका लागि हाल कायम संसद्को कुल संख्या ५९७ मध्ये २९९ मत मात्रै आवश्यक थियो। तर उनले तीन सय मत प्राप्त गरेका छन्। कांग्रेसबाट उम्मेदवार बनेका सुशील कोइरालालाई कांग्रेसबाहेक संयुक्त मधेसी मोर्चाले मात्र मत दिएका छन्। द्वन्द्वका बेला एमाओवादीको कटु आलोचक रहेका ओली एमाओवादीकै प्रस्ताव र समर्थनमा प्रधानमन्त्री बनेका छन्। झन्डै पाँच दसकदेखि राजनीतिमा सक्रिय ओली स्पष्ट र प्रखर वक्ता मानिन्छन्।
Sunday, October 11, 2015
केपी ओली अत्याधिक बहुमतले प्रधानमन्त्रीमा निर्वाचित
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment