Sunday, July 10, 2016

कानुन आयोग अध्यक्षमा पौडेल,चीनलाई दुई जोडी गैंडा उपहार

काठमाडौ,असार २६ । नेपालले उत्तरी छिमेकी चीनलाई दुई जोडी गैंडा उपहार दिने भएको छ । आइतवार विहान बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको हो । अध्ययन अनुसन्धान र शिक्षा प्रबर्द्धनका लागि चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए।

मन्त्रिपरिषदको बैठकले कानुन सेवा आयोगको अध्यक्षमा पूर्वमन्त्री तथा पूर्व सचिव माधव पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि चुनावी सरकारको मन्त्री र त्यसअघि सरकारका सचिव रहेका पौडेल कानुन आयोगको अध्यक्ष बन्नु भएको हो । यस्तै सिंचाइ विभागका महानिर्देशक रामानन्द यादवलाई सचिवमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले प्रदेशका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको सेवा सुविधा निर्धारणमा पनि सैद्धान्तिक सहमति गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts