काठमाडौ, असार २६ । नेकपा एमालेका नेता शंकर पोख्रेलले निर्वाचनकोलागि राष्ट्रिय सहमति चाहिएको हो भने तीवटा निर्वाचन प्रमुख तीन दलले पालै पालो नेतृत्व गरेर गर्न सकिने स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ चुनाव गराउनकोलागि राष्ट्रिय सहमति चाहिदैन तर सक्रमणकालमा चुनाव गराउन सहमति नै चाहिएको हो भने तीनवटा चुनाव तीन प्रमुख दलले पालै पालो नेतृत्व लिएर गरौ । केपी शर्मा ओलीको नेतृत्वमा अहिले सरकार रहेकोले स्थानीय निकायको निर्वाचन यही सरकारलाई गर्न दिऔ ।’
साक्षात्कारमा पोख्रेलले माओवादीसँग नौ बुँदे बाहेक कुनै भद्र सहमति नभएको दावी गर्दै नौ बुँदे सहमति सँगै तीन बुँदे अर्को सहमति ल्याएको तर प्रधानमन्त्रीले आफू कुनै बन्धनमा बाधिएर सरकार चलाउन ईच्छुक नभएको बताएपछि नौ बुँदे बाहेक कुनै सहमति नभएको स्पष्ट पारे । उनले प्रश्न गरे,‘ भद्र सहमति भएको भए सहमति भएको १५ दिन पनि वित्न नपाउँदै सरकार ढाल्ने अभद्र खेल किन खेल्नु परेको त ?’
‘छिमेकीसँगको सम्बन्ध सुधार, राष्ट्रिय हितको संरक्षण, मुलुकको सर्मथ्य बृद्धि, समृद्धिकोलागि सरकार अघि बढी रहेको बेला सरकारको विकल्प खोज्नु उपयूक्त हुँदैन । यो मुलुकको समस्या भनेकै अस्थिरता हो त्यसैले अस्थिर बनाउने धेरै खेल नखेलौ’–पोख्रेलले भने ।
उनले राष्ट्रिय सहमति कायम गर्न ब्यक्तिलाई अगाडि सारेर हुन नसक्ने भएकोले एजेण्डालाई अघि सार्नु पर्ने भन्दै संविधानको कार्यान्वयन, भुकम्प पछिको पुनर्निर्माण र मुलुकको आर्थिक समृद्धि अहिले सहमतिको एजेण्डा बन्न सक्ने स्पष्ट पारे ।
पोख्रेलले एमाले–काग्रेस र एमाले–माओवादीको सरकारले नै आन्दोलनको अवस्था रहनु परेकोले अहिले समस्या समाधानको नाममा एक दलको विकल्प अर्को दल बन्न नसक्ने ठोकुवा गर्दै बर्तमान सरकार सबै समस्या समाधान गरेर संविधानलाई सर्वस्विकार्य बनाउन आतुर रहेको बताए ।
नेपाली काग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख ठूला दुई दल काग्रेस र एमाले सँगै सरकारमा बस्नै नसक्ने ठोकुवा गर्दै संविधानमै सहमतिय सरकारको ब्यवस्था नरहेकोले त्यसको कुनै सम्भावना नरहेको दावी गरे ।
काग्रेस प्रतिपक्षमा रहे पनि संविधानको कार्यान्वय र भुकम्पपछिको पुनर्निर्माणको विषयमा सरकारसँगै रहेको स्पष्टपार्दै माओवादीले भने जस्तो संविधान कार्यान्वयनकोलागि सहमति आवश्यक नरहेको स्पष्टपारे ।
उनले भने,‘ संविधान कार्यान्वयनमा हामी प्रतिपक्ष होईनौ । संविधानलाई सर्वस्विकार्य बनाउने. हो । यसमा हामी सधै अग्रसर हुन्छौ ।’
काग्रेससँग बहुमत नभएकोले काग्रेस प्रतिपक्षमा रहेको स्पष्ट पार्दै सत्तारुढ दल माओवादीले सरकारको विषय कुनै निर्णय नगरेसम्म काग्रेसको भूमिका नै नहुने बताए ।
नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले अब सहमतिको सरकार निर्माणको प्रक्रिया तिब्र हुने बताउँदै संविधानको कार्यान्वयनसहित मुलुकको समस्या समाधान गर्न पनि सहमतिको सरकार अपरिहार्य रहेको तर्क गरे ।
उनले भने,‘ नेपाली काग्रेस सहमत भए मधेसलाई विश्वासमा लिएर सहमतिको सरकार निर्माण गर्नु पर्छ । न्यूनतम साझा कार्यक्रम बनाएर जसको नेतृत्वमा सहमति जुट्यूनतम साझा कार्यक्रम बनाएर जसको नेतृत्वमा सहमति जुट् उसकैको नेतृत्वमा सरकार बनाउनु पर्छ ।’
कार्कीले नेकपा एमालेले माओवादीसँग भएको भद्र सहमति कार्यान्वयन गर्ने बेला आएको भन्दै आफ्नो पार्टीले अहिले नै सरकारको विकल्प खोज्ने विषयमा हतार भने नगर्ने स्पष्ट पारे ।
सद्भावना पार्टीका महासचिव मनिष सुमनले केपी शर्मा ओली नेतृत्वको सरकारबाट मुलुकलाई उन्मुक्ति दिलाउन तयार हुने जो सुकैलाई पनि मधेसी मोर्चा निसर्त समर्थन गर्न तयार रहेको स्पष्ट पारे ।
उनले भने,‘ सैद्धान्तिक रुपमा सरकार हाम्रो एजेण्डा होईन र यो खेलमा हाम्रो चासो पनि छैन तर भावनात्मक रुपमा हाम्रा ६२ जना भन्दा बढीलाई गोली ठोकेर हत्या गर्ने, झुठा मुद्दा लगाउने, उपचार समेत नगराउने, बार्ताको नाटक गरिरहने, भ्रष्टाचारमा चुर्लुम्म डुब्ने र संघीयता विरोधी अभिब्यक्ति दिने प्रधानमन्त्रीबाट मुलुकलाई उन्मुक्ति दिन एक धक्का कसैलाई पनि समर्थन गर्न हामी तयार छौ ।’
सुमनले थपे,‘ हास्यकलाकार जस्ता प्रधानमन्त्रीबाट मुलुकलाई मुक्ती दिलाउनेलाई समर्थन गर्छौ तर हामी सरकारमा जाँदैनौ ।’
Sunday, July 10, 2016
काग्रेस र एमाले सँगै रहेर सरकार बन्नै सक्दैनः डा. रिजाल
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment