Sunday, July 10, 2016

युरोकपको फाइनल खेल आज कसले जित्ला उपाधि ? पोर्चुगल कि फ्रान्स

एजेन्सी,असार २६ । युरोकप २०१६ को फाइनल खेल आज हुदैछ । सोमबार बिहान नेपाली समयअनुसार पौने एक बजे हुने खेलमा उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगल बीच प्रतिस्पर्धा हुदैछ । पोर्चुगल पहिलो युरोकप उपाधि जित्ने लक्ष्यको साथ मैदान उत्रदै  छ भने दुई पटकको विजेता फ्रान्स घरेलु मैदानको फाइदा लिँदै तेस्रो पटक उपाधि उचाल्ने तयारीमा छ ।

यसअघि आठ पटक युरोकपमा सहभागिता जनाउँदै  सन् १९८४ र २००० मा उपाधि जितेको फ्रान्स तेस्रो पटक उपाधि जित्दै जर्मनी र स्पेनको रेकर्ड बराबरी गर्ने तयारीमा छ। फ्रान्स १६ वर्षपछि फाइनल पुगेको हो। पोर्चुगल वेल्सलाई २–० तथा फ्रान्स विश्व विजेता जर्मनीलाई सेमिफाइनलमा २–० ले नै हराएर फाइनलमा आएको हो । फ्रान्स पछिल्ला १० खेलमा अपराजित छ भने पोर्चुगल सात खेलमा अपराजित छ । पोर्चुगलले दोस्रो पटक युरोकपको फाइनल खेल्न लागेको छ ।

यसक्रममा अपराजित रहेको फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई २–० ले हराएको थियो। घरेलु मैदानमा शानदार इतिहास रहेको फ्रान्स यसपटक पनि उक्त लयलाई निरन्तरता दिने योजनामा छ।
सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई समेत हराएको फ्रान्स फाइनलमा उच्च मनोवलका साथ प्रस्तुत हुने तयारीमा छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts