एजेन्सी,असार २६ । युरोकप २०१६ को फाइनल खेल आज हुदैछ । इतिहास बनाउने सुरमा पोर्चुगलले घरेलु मैदानमा उपाधि ह्याक्ट्रिक गर्ने दाउमा रहेको फ्रान्सको सामना गर्दैछ । पेरिसको सेन्ट डेनिस रंगशालामा नेपाली समय अनुसार आइतबार राति पौने एक बजे हुने खेललाई कतिपयले पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र युरो कपमा अहिलेसम्म सर्वाधिक ६ गोल गरेका फ्रान्सका एन्टोनी ग्रिजम्यानको भीडन्तका रुपमा पनि हेरेका छन्। आजको खेलमा दुवै खेलार्डीलाई फाइनलमा आफुलाई उत्कृष्ट सावित गर्ने मौका हुनेछ। ग्रिज्मन जारी प्रतियोगितामा ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छ भने ३ गोल गरेका रोनाल्डो दोस्रो स्थानमा छन्।
ग्रिज्मनले नकआउट चरणका तीन वटै खेलमा गोल गरेका थिए। समूह चरणमा अल्वानिया विरुद्ध एक गोल गरेका ग्रिज्मनले प्रिक्वाटरफाइनलमा आयरल्याण्ड विरुद्ध २, क्वाटरफाइनलमा आइसल्याण्ड विरुद्ध १ र सेमिफाइनलमा जर्मनी विरुद्ध २ गोल गरेका थिए।
यता रोनाल्डोले समूह चरणको दुई खेलमा गोल गर्न नसकेपनि हंगेरी विरुद्ध २ गोल गर्दै पोर्चुगललाई नकआउट चरणमा छनोट गराएका थिए। वेल्स विरुद्धको जितमा पनि रोनाल्डोले एक गोल गरेका थिए।
आजको खेलमा पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डो, पेपे, नानी तथा फ्रान्सका एन्टोनी ग्रिजम्यान, ओलिभर जिरार्ड, दिमित्री पायड जस्ता खेलाडीहरु बीचनै प्रतिस्पर्धा हुनेछ ।
No comments:
Post a Comment