काठमाडौं,असार २२ । नेपालको सुरक्षा संयन्त्रलार्ई आतंकवादी संगठन स्लामिक स्टेट भन्दा भारतीय आतंकवादी संगठन ‘इन्डियन मुजाहिद्दिन’को गतिविधिप्रति बढी चिन्ता रहेको पाइएको छ । उच्च सुरक्षा अधिकारीहरुबीचको छलफलमा सहभागीहरुले आइएसभन्दा आइएमका गतिविधिप्रति बढी चासो र चिन्ता व्यक्त गरी सुरक्षा खतरा औल्याएका हुन् ।
गृह मन्त्रालयमा आइतबार भएको सुरक्षासम्बन्धी बैठक र प्रहरीले देशभर ‘हाइ अलर्ट’मा रहन दिएको दुवै निर्देशनमा आइएसकै नाम नभए पनि आइएमको नाममा वितण्डा हुने सक्नेतर्फ सुरक्षा संयन्त्र हाइ अलर्टमा रहनुपर्ने निष्कर्ष निकाललिएको आजको राजधानी दैनिकमा खबर छ ।
No comments:
Post a Comment