Tuesday, July 5, 2016

भोटेकोसी नदीमा आएको बाढीले १५ घर बगायो

सिन्धुपाल्चोक,असार २२ । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगाउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पुर्याएको छ ।गएराति १० बजे एक्कासि नदीमा बाढी आएपछि लिपिङस्थित भन्सार यार्डमा राखिएका दुईवटा टिपर बगााउनुका साथै मध्य भोटेकोसी आयोजनाले बनाएको एउटा बेलीब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए ।

नदीमा बाढी आएपछि नदीका दायाँबायाँका धेरै भागमा क्षति पु¥याउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डको जम्बुमा ५० मिटर सडक कटान गरेको र विभिन्न ठाउँमा आएको पहिरोले यातायात ठप्प भएको अनलाईखबरमा समाचार छ । तातोपानी क्षेत्रमा पानी परिरहेको र चीन तर्फबाट बाढी आएकाले नदी बढेको हुन सक्ने प्रजिअ दुवाडीले बताए ।

हालसम्म मानवीय क्षतिको जानकारी नआएको र विस्तृत विवरण आउन बाँकी रहेको छ । अहिले पानीको सतह घटेपनि सामान्यभन्दा डेढ मिटरमाथिबाट नदी बहेको प्रजिअ दुवाडीले जानकारी दिए । गएराति एक्कासी नदी बढेपछि तातोपानीदेखि सुकुटेसम्मको ६३ किलोमिटर क्षेत्रमा पर्ने नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क गराइएको सुरक्षा निकायले जानकारी दिएको छ ।

तस्वीरः फेसबुक

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts