काठमाडौं,असार २२ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ । ओम अस्पताल चाबहिलमा उपचारत कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । मंगलबार राति पिज्जा खाएपछि वान्ता गरेका उनलाई बिहान अस्पताल लगिएको थियो । ओम अस्पतालका अनुसार कोइरालालाई अहिले भेन्टिलेटरमा राखेर एन्टिवायोटिक चलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेता, कार्यकर्ता बिहानै अस्पताल पुगेर कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । अस्पतालले उनको उपचारमा १५ जना डाक्टरको टीम सक्रियतापूर्वक लागिरहेको जनाएको छ । कोइरालाको उपचारमा सक्रिय चिकित्सकहरुमा राहुल पाठक, लब जोशी, भगवान कोइराला, अर्जुन कार्कीलगायत रहेका छन् । चिकित्सकहरुले उनको अवस्था अत्यन्त नाजुक भएकाले अहिलेनै उपचारको लागि विदेश लैजान सकिने अवस्था छैन । बिहान अस्पताल पुगेका कांग्रेस नेताहरुले विदेश लैजाने बारे चिकित्सकहरुसँग परामर्श गर्न क्रममा यस्तो जानकारी गराइएको हो ।
Wednesday, July 6, 2016
कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर,तत्काल विदेश लैजान असम्भव
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment