Wednesday, July 6, 2016

कोइरालाको होस खुल्यो, स्वास्थ्यमा सुधारको संकेत

काठमाडौं,असार २२ । ओम अस्पतालको भेन्टिलेटरमा उपचाररत कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा केही सुधारको संकेत देखिएको छ । विहानको भन्दा स्वास्थ्यमा केही सुधार आएको बुधबार साँझ अस्पतालले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ। पत्रकार सम्मेलनमा अस्पतालका प्रवक्ता डा लव जोशीले कोइराला बिस्तारै होसमा आउन थालेको जानकारी दिए ।

उनले भने ‘अचेत हुनु भएको उहाँले केहीबेर अघि मात्र आँखा खोल्नुभयो र हामीले बोलाउँदा सुनेको संकेत गर्नु भएको छ । यो सकारात्मक संकेत हो ।’उनले दिगामी हालतमा सुधार आएको भन्दै पिसाव पनि पर्याप्त रुपमा भइरहेको जानकारी दिए । उनले २४ घण्टासम्म यसै केहि भन्न नसकिने तर, यही अवस्था कायमै राख्न सकेको खण्डमा भोलिदेखि थप सुखद खबर आउने निश्चित रहेको बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts