उपचारका क्रममै नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको मुटु केही क्षण बन्द हुन पुगेको ओम अस्पतालमा उनको उपचारमा संग्लग्न डाक्टरहरुले बताएका छन्। कोइरालालाई राति अस्पतालमै रहेको बेला बान्ता हुँदा सो बान्ताको केही भाग फोक्सोमा छिरेको थियो। ‘फोक्सोमा बान्ता छिरेपछि उहाँको श्वासप्रश्वास रोकिन पुग्यो,’उनको उपचारमा संग्लग्न एक डाक्टरले सेतोपाटीसँग भने,‘श्वासप्रश्वास रोकिएपछि उहाँको मुटु पनि केही क्षण बन्द हुन पुग्यो तर भाग्यवस हामीले तुरून्त “रेस्क्यू” गर्न सक्यौं।’
ती डाक्टरका अनुसार त्यसपछि कोइरालाको अवस्था पुरै अचेत र ‘क्रिटिकल’ छ। उनलाई भेन्टिलेटरको सहयोगले श्वाशप्रस्वास गराइएको छ। काठमाडौंमा उपलब्ध कैयन बरिष्ठ डाक्टरहरुलाई कोइरालाको उपचारको परामर्शका लागि ओम अस्पताल बोलाइएको छ। ‘यो धेरै जटिल केश हो। यसमा धेरै विज्ञ डाक्टरहरुको परामर्श आवश्यक हुन्छ। हामीले केही घन्टामा मात्र बिरामीको यकिन अवस्था र अगाडिको उपचार विधिबारे निर्णय गर्न सक्नेछौं,’ उनले भने।
‘अहिले अवस्था गम्भीर छ, उपचारका लागि बाहिर लैजाने अवस्थानै छैन,’उनले भने। अस्पताल पुगेका प्रधानमन्त्री केपी ओलीले कोइरालाको अवस्थालाई ध्यानमा राखेर बरु बाहिरबाट डाक्टरहरु झिकाउनु परे तुरुन्त झिकाउन पहल गर्न सुझाएका छन्। सरकार आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको पनि उनले कांग्रेस नेताहरुलाई जानकारी गराएका छन्।
-setopati
No comments:
Post a Comment