Tuesday, July 5, 2016

युरोकप सेमिफाइनल आजदेखि,पोर्चुगल भर्सेस वेल्सको भिडन्त आज

काठमाडौं,असार २२ । फ्रान्स युरोकप फुटबलको सेमिफाइनल खेलआज रातीदेखि सुरु हुदैछ । बुधबार रातिदेखि हुने पहिलो सेमिफाइनलमा पोर्चुगलले वेल्सको सामना गर्दैछ । पोल्याण्डसँग कठिन जित निकाल्दै सेमिफाइनलको यात्र तय गरेको पार्चुगललाई आजको खेल कठिन हुनेछ ।

दोस्रो वरियतामा रहेको बेल्जियमलाई हराउदै सेमिफाइनलमा पुगेको वेल्स जित निकाल्दै फाइनलमा पुग्ने दाउमा मैदान उत्रदैछ । यी दुईबिचको खेल राति पौने एक बजे लियोनमा हुनेछ । अन्तिम चारमा फ्रान्ससँगै पोर्चुगल, वेल्स र जर्मनी आएका छन् ।

कुन खेल कति बेला ?
पहिलो सेमिफाइनल: पोर्चुगल भर्सेस वेल्स (असार २२ गते राति पौने एक बजे)
दोस्रो सेमिफाइनल: जर्मनी भर्सेस फ्रान्स (असार २३ गते राति पौने एक बजे)

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts