काठमाडौं,असार २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासले चिनियाँ जहाज खरिदसम्बन्धी फाइल मन्त्रिपरिषदमा पठाइएको खुलासा भएको छ । पर्यटन सचिवले नै निर्णय गर्न सक्ने अवस्था भए पनि किन पठाइएको भनेर प्रश्नगर्दै मन्त्रिपरिषदले पत्र पठाएपछि यसको खुलासा भएको हो ।मन्त्रिपरिषदले गर्ने नीतिगत निर्णय अख्तियारले छानविन गर्न नपाउने प्रावधानका कारण पछिलो समय अचिवस्तरमा गर्न सक्ने निर्णय पनि मन्त्रिपरिषदबाटै हुँदै आएका आजको कारोबार दैनिकमा समाचार छ ।
पर्यटनमन्त्री आनन्द पोखरेलले सचिवको आग्रहमा चिनियाँ जहाज खरिदको प्रस्ताव निर्णयका लागि गत फागुनमा मन्त्रिपरिषद लगेका थिए । मन्त्रिपरिषद अन्तर्गतको समितिले सचिवस्तरबाट हुने निर्णय यहाँ किन पठाएको भन्दै प्रश्न गरेको छ । तर सचिवले यो विवादित विषयमा आफूले निर्णय गर्न नसक्ने बरु सरुवा हुनेसम्मको जवाफ मन्त्रिपरिषदलाई जवाफ दिएका थिए ।
No comments:
Post a Comment