Tuesday, July 5, 2016

चिनियाँ जहाज खरिदमा मन्त्रिपरिषद र पर्यटन मन्त्रालयबीच लफडा

काठमाडौं,असार २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासले चिनियाँ जहाज खरिदसम्बन्धी फाइल मन्त्रिपरिषदमा पठाइएको खुलासा भएको छ । पर्यटन सचिवले नै निर्णय गर्न सक्ने अवस्था भए पनि किन पठाइएको भनेर प्रश्नगर्दै मन्त्रिपरिषदले पत्र पठाएपछि यसको खुलासा भएको हो ।

मन्त्रिपरिषदले गर्ने नीतिगत निर्णय अख्तियारले छानविन गर्न नपाउने प्रावधानका कारण पछिलो समय अचिवस्तरमा गर्न सक्ने निर्णय पनि मन्त्रिपरिषदबाटै हुँदै आएका आजको कारोबार दैनिकमा समाचार छ ।

पर्यटनमन्त्री आनन्द पोखरेलले सचिवको आग्रहमा चिनियाँ जहाज खरिदको प्रस्ताव निर्णयका लागि गत फागुनमा मन्त्रिपरिषद लगेका थिए । मन्त्रिपरिषद अन्तर्गतको समितिले सचिवस्तरबाट हुने निर्णय यहाँ किन पठाएको भन्दै प्रश्न गरेको छ ।

तर सचिवले यो विवादित विषयमा आफूले निर्णय गर्न नसक्ने बरु सरुवा हुनेसम्मको जवाफ मन्त्रिपरिषदलाई जवाफ दिएका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts