Sunday, July 3, 2016

नयाँ शक्तिमा महासंग्राम : पूर्व माओवादी नेता देवेन्द्र पौडेलले गरे छुट्टै भेला

काठमाडौं,असार २० । बाबुरामले विधि र प्रक्रियाबाट पार्टी चलाउने भन्दै धेरैलाई आर्कर्षित गरे पनि त्यसको वेवास्ता गर्दै मनोपोली गरेर सहसंयोजक छनोट गरेपछि उनकै विश्वासपात्रहरुले यो कसरी नयाँ भयो भन्दै अहिले प्रश्न उज्याउन थालेका छन् । रोचक के छ भने यो पछिल्लो विवादपछि बाबुरामलाई माओवादी हुँदैदेखि नजिकबाट साथ दिँदै आइरहेका देवेन्द्र पौडेलसमेत आफ्नो दुःखलाई बाबुरामले पानीमा बगाइदिएको निष्कर्ष निकाल्दै उनै बाबुरामविरुद्ध संघर्ष गर्ने मनस्थितिमा पुगेका छन् ।

देशकै पहिलो पार्टी बनाउने भन्दै बाबुराम मसक्क कस्सिएर पनि उनले पछिल्लो सह–संयोजक छनोटमा कलस्टरको लेप लगाउँदै केन्द्रीय परिषद्का झन्डै ९५ प्रतिशत सदस्यहरुको विरोधको बाबजुत जंगबहादुर शैलीमा छनोट गरिदिएपछि उनको दाहिने हात भनेर चिनिने देवेन्द्र पौडेललगायत नेतासँग बाबुरामको दूरी बढ्ने अवस्था सिर्जना भएको हो । नयाँ शक्तिमाथि भरोसा गरेर लागेकाहरुका लागि यो खबर सुखद् नभए पनि राजनीतिक जीवनका अनेक अप्ठ्यारा मोडहरुमा बाबुरामलाई साथ दिँदै आइरहेका देवेन्द्र पौडेल र बाबुरामबीच अहिले यही कारण पानी बाराबारको अवस्था नरहे पनि मन भने बेस्सरी बाझिन पुगेको आजको साँघु साप्ताहिकमा खबर छ ।

स्रोतका अनुसार, बाबुरामले नियम र विधि नबाँधी मनपरि गरेपछि रुष्ट बन्न पुगेका देवेन्द्र पौडेललगायत उनको खेमामा रहेका अधिकांश नेता–कार्यकर्ता तत्काल बाबुरामसँग यही कारण दुईलाइन संघर्ष गर्ने सोचमा नरहे पनि बाबुरामले यस्तै प्रचण्ड शैली पछ्याइ रहेमा नसहने सोचमा पुगेका छन् । यी सोच अनरुप सह–संयोजक छनोटपछि आफू अनजिकमा पूर्व माओवादीहरुलाई भेला पारेर देवेन्द्र पौडेलले छलफल समेत गरेका छन् । स्रोतका अनुसार भेलामा बाबुरामको हेपाहा प्रवृति विरुद्ध कसरी अघि बढ्ने भन्नेलगायत विषयमा छलफल गरेर ‘अब नसहने’ निष्कर्ष नै निकालिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts