काठमाडौं,असार २० । साल्ट ट्रेडिङ्ग कर्पोरेशन र कृषि सामग्री संस्थानले आयात गरेको ६ हजार मेट्रिक टन रासायनिक मल सिर्सिया बन्दरगाहबाट मुलुकमा भित्रिन शुरु भएको छ । विगतको बन्द हड्तालको अवधिको विलम्ब शुल्क तिर्न बाँकी रहेको भन्दै बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सले लगाएको अवरोध खोलेपछि आइतबारसम्म २ सय ५० ट्रक रासायनिक मल मुलुक भित्रिएको छ ।
कृषि मन्त्रालयले बन्दरगाह संचालक कम्पनीलाई खेती गर्ने समयमा बन्दरगाहको गोदामसम्म आइपुगेको रासायनिक मल नरोक्न र तत्काल मल छाड्न निर्देशन दिएपपछि मल भित्रिन दिएको हिमालयन टर्मिनलले जनाएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन र कृषि सामग्री संस्थानले आयात गरेको ६ हजार मेट्रिक टन रासायनिक मलमध्ये ४ हजार टन मुलुकमा भित्रिसकेको र बाँकी २ हजार टन पनि भित्रिने क्रममा रहेको छ ।
No comments:
Post a Comment